आज:  | Thu, 25, Apr, 2024

कर्णाली प्रदेशमा ८७ प्रतिशतले कोरोना जितेर घर फर्के

२०७७, ४ श्रावण आईतवार १०:५५ मा प्रकाशित ( ३ साल अघि) ११५९५ पाठक संख्या

सुर्खेत, साउन ४, कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित निको भएर घर फर्कनेको सङ्ख्यामा वृद्धि आएको छ । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्यामा दिनानुदिन बढिरहेको छ । शनिवार मात्र १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमणदर पनि घटीरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन संख्या अहिलेसम्मकै न्यून हो ।

कर्णाली प्रदेशमा हालसम्म कोरोना जितेर घर फर्कनेको सङ्ख्या १,५१० पुगेको छ। जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । 

अब २१३ जना मात्र सङ्क्रमितहरुमा निको हुन बाँकी रहेका छन्। जसमा प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् । 

खबर एक्सप्रेस