आज:  | Tue, 20, Feb, 2024

ठोरीको सिमास्तम्भ पुनःसोही ठाउमा गाडियो

२०७७, ४ श्रावण आईतवार ११:२६ मा प्रकाशित ( ३ साल अघि) ८४९५ पाठक संख्या

बिरगंज, साउन ४, भारतिय पक्षले नेपाल भारत सिमानाको सिमास्तम्भ फालेको ४ घण्टा मै ठोरी गाउँपालिका अध्यक्ष पदम लाल श्रेष्ठको अग्रसरतामा पुनःसोही ठाउमा सिमास्तम्भ गाड्न लगाएका छन् ।

केही दिन अघी प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभुमि भारतमा नभइ पर्सा जिल्लाको बिरगंज स्थित ठोरीमा भएको घोषणा लगत्तै एकाएक चर्चामा आएको ठोरीमा भारतिय पक्षले ठोरी २ सीता गुफाको सिरमा रहेको ४३६ नम्बरको सिमास्तम्भ उखालेर फालेका थिए । 

हिजो सिता गुफालाई पनि आफ्नो कब्जामा लिनखोजेपछी पार्नु खोजे ठोरी बजारमा नेपाली पक्ष ठोरी बासी र भारतिय सुरक्षा फौज बिच झन्डै डेढ घन्टा तनावग्रस्त बनेको बन्यो  । भारतिय पक्ष र नेपाली पक्ष बिच झन्डै कुटाकुटको अवस्था सिर्जना भएको थियो। पछी ठोरी गाउँ पालिका अध्यक्ष पदम लाल श्रेष्ठको अग्रसरतामा नेपाली सुरक्षाकर्मीको साथ लिएर भारतिय पक्ष सँग कुटनैतिक बार्ता गरि फालिएको सिमास्तम्भलाई पुनः सोही स्थानमा गाड्न लगाई समस्याको समाधान गरीएको छ ।

खबर एक्सप्रेस