आज:  | Tue, 16, Apr, 2024

ठोरीमा रहेको सीतागुफा प्रबेशमा रोक

२०७७, ४ श्रावण आईतवार १२:३९ मा प्रकाशित ( ३ साल अघि) १८९४२ पाठक संख्या

बिरगंज, साउन ४ गते

ठोरीमा रहेको सीता गुफा क्षेत्रमा सर्बसाधारणलाई पुजा गर्नुमा रोक लगाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघि भगवान रामको जन्मभुमि भारतमा नभइ पर्सा जिल्लाको बिरगंज स्थित ठोरीमा भएको घोषणा लगत्तै एकाएक चर्चामा आएको थियो । 

गुफा अवलोकन गर्न आउनेको ठूलै भिड बढेका कारण सुरक्षालाई मध्यनजर राख्दै सीतागुफा क्षेत्रमा जान रोक लगाइएको प्रहरी निरीक्षक दिपक दाहालले बताए। 

प्रहरी निरीक्षक दाहालले भने सीता गुफा क्षेत्रमा केही दिनका लागि सर्वसाधारणलाई जान रोक लगाएका छौं । तर पत्रकार लगायत माथिल्लो तहबाट अवलोकन र अध्ययन गर्न आउने टोलीलाई भने सशस्त्र प्रहरीको सुरक्षा घेरामा सो ठाउँमा जाने व्यवस्था मिलाउँछौं ।

खबर एक्सप्रेस