आज:  | Tue, 20, Feb, 2024

काठमाडौंमा आज ३ जना कोरोना संक्रमित भेटीए

२०७७, ४ श्रावण आईतवार १७:४१ मा प्रकाशित ( ३ साल अघि) ११३७८ पाठक संख्या

काठमाडाैं साउन ४, काठमाडौं उपत्यकामा आज ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे १ र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए ।

२४ घण्टामा १ सय ५६ संक्रमित थपिए

आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।भने विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएर घर फर्केका छन्।

यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

खबर एक्सप्रेस