आज:  | Mon, 15, Apr, 2024

काठमाडौंमा पहिरोमा परी एकजनाको मृत्‍यु

२०७७, ५ श्रावण सोमबार १३:३२ मा प्रकाशित ( ३ साल अघि) १००१४ पाठक संख्या

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंमा एकजनाको मृत्‍यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्‍यु भएको हो । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।

उनको शवलाई पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ । साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौचको लागि गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।

खबर एक्सप्रेस