आज:  | Mon, 26, Feb, 2024

निकुन्जले बिना सूचना चेपाडवस्तीमा गर्‍यो आगजनी

२०७७, ५ श्रावण सोमबार १७:०० मा प्रकाशित ( ३ साल अघि) १२६४९ पाठक संख्या

चितवन निकुन्ज प्रशासनले बिना सूचना सुकुम्वासि बस्तिमा आगजनी गर्दा चेपाडवस्तीको बिचल्ली भएको छ ।

चितवनको माडी नगरपालीका वडा  नं ९ स्थित कुसुमखोलाको छेउमा रहेको सुकुम्वासि बस्तिमा निकुन्ज प्रशासनले पूर्बसुचना बिना घरमा आगजनी गरेको थियो । त्यहाॅ बसोबास गर्ने अति बिपन्न चेपाडहरुलाई उपयुक्त बिकल्प नदीएर बिचल्लीमा पारेको भन्दै माडी नगरपालिकाले समेत बिरोध गर्दै छानवीनको माग गरेको छ ।

बिना जानकारी आगजनी गरिएको कारण त्यहाॅ बसोबास गर्ने चेपागंहरुको चौपाया, पशुपन्छी लगायत कुनै पनि सामानको सुरक्षा गर्न नपाएको भन्दै गुनासो पोखेका छन् ।

 

खबर एक्सप्रेस