आज:  | Sat, 15, Aug, 2020

महानायक : “सिनेमाको नेता होइन राजनेता चाहिन्छ” प्रदेशसभा सांसद

२०७७, ५ श्रावण सोमबार १९:१४ मा प्रकाशित ( ३ हफ्ता अघि) २४३९८ पाठक संख्या

गत केही हप्तामा चर्चामा रहेको महानायकबारे कर्णाली प्रदेशसभा सांसद धर्मराज रेग्मी यस्तो लेख्छन : 

सन १९८०को दशकमा छोटा सिनेमा निर्माण बाट सुरु भएको हिन्दी सिनेमा १९१३ मा “राजा हरिशचन्द्र” निर्माण भयो, १९३० सम्म “साइलेन्ट फिल्मको” युग थियो १९३१पछि “म्युजिकल सिनेमा”को युग सुरु भयो।

१९३७ मा पहिलोपटक रङ्गीन “कृष्ण कनैया”निर्माण भयो , १९४० – ५० स्वतन्त्रता आन्दोलनको प्राथमिकताले सिनेमा केही कमजोर देखिए पनि , १९६०को दशक भने हिन्दी सिनेमाको “गोल्डेन इरा” मानिन्छ, १९५७को “मदर इन्डिया” त ओस्कारको अन्तर्राष्ट्रिय भाषामा नोमिनेसन सम्म पुग्यो।

१९७०को दशकमा हिन्दी सिनेमाको पछाडि बलिउड बिम्ब जोडिन पुग्यो र यहाँ आइपुग्दा बल्ल हिन्दी सिनेमाले पहिलो सुपरस्टारका रूपमा राजेश खन्नालाई स्वीकार गर्यो , त्यो पनि उनका ३ बर्षमा १५ सिनेमा लगातार सुपरहिट सावित भएका थिए। राजेश खन्ना अगाडि पनि हिन्दी सिनेमामा राज कपुर, देब आनन्द र दिलिपकुमार जस्ता दिग्गज अभिनेताको बम्बैमा निकै ठूलो स्टारडम थियो तर उनीहरुलाई खन्ना जस्तै सुपरस्टारको बिम्ब प्रयोग गरिएन!

त्यसपछि पनि त्यो १९८० को दशकमा अमिताभ बचनका लागि यस्तो बिम्ब प्रयोग गरियो “शदिका महानायक” यद्वपि त्यो र खन्नाको स्टारडमको स्वीकारोकति दर्शक स्तरमा निकै फरक थियो ! अहिले हिन्दी सिनेमामा  सयौं नायक / नायिकाहरु छ्न, र यो अवधिमा सयौं अभिनेता/ अभिनेत्री जन्मिए, केही समय दृश्यमा देखिए र हराए ! यद्वपि हिन्दी सिनेमाले कसैलाई महानायकको पदवी दिएको छैन,

तीन ठुला खान साहारुख खान, सलमान खान र अमिर खान ठिक त्यस्तै हैसियतमा छ्न जस्तो १९६०/७० मा “राज कपुर, दिलिपकुमार र देब आनन्द थिए” हालाकी उनीहरुलाई महानायकको पदवी दिइएको छैन।

नेपाली सिने जगत पनि अवधिका हिसाबले ५० बर्ष पार गरिसकेको छ बिक्रम सम्वत २०२१ मा “आमा” र २०२३ मा “माइतीघर” फिल्म बनेपछि यो क्रम शुरु भएको मानिन्छ, यसअगाडि कोलकत्तामा नेपाली भाषामै “सत्य हरिशचन्द्र” नामको फिल्म बनेको थियो।

“महानायक” कुनै जनमत सङ्ग्रह गरेर, वा एकेडेमीले इजाजत दिएर पाउने बिम्ब होइन, त्यो त अभिनयको आधारमा दर्शकले आफ्नो दिलैवाट दिने आम स्वीकारोकति प्रेम / सम्मानको उच्चतम अभिव्यक्ति हो ।त्यसका लागी सिनेजगत कुन उचाइमा पुग्यो? कति व्यापक र व्यावसायिक भयो? बजार कस्तो बनायो? त्यो उद्योग  छ कि केवल खुद्रा मनोरञ्जन सम्म सीमित छ? त्यसले वास्तवमै  बदलिँदो राष्ट्रको सच्चा तस्वीर बोक्न सक्छ कि सक्दैन ? जस्ता कयौं मानकहरु छन।महानायक कहिलेकसो भिडभाडमा “अटोग्राफ” माग्ने केही दर्जन फ्यान भेटेपछि दावी  गर्ने पद कदापि होइन ।

नेपालमा यो १/२ साता राजेश हमाललाई “महानायक” मान्ने / नमान्नेमा विवाद उत्पन्न भयो ! अभिनेत्री दिपाश्री निरौलाले उनलाइ महानायक होइनन् भनेपछि उनको तीखो आलोचना गरियो, मानौ उनले देशद्रोह गरिन ! मानौ उनले राजतन्त्र कालमा निरकुश राजाको बिरोध गरेर राजद्रोह गरिन ।

राजेश हमाल मलाई ब्यक्तिगत रूपमा मन पर्ने अभिनेता हुन, उनले नेपाली  सिनेमाको क्षेत्रमा उल्लेखनीय योगदान गरेका छ्न् !  मैले कलेजका दिनहरूमा उनका कयौ सिनेमा हेरेको छु, प्राय सिनेमामा उनले चर्को स्वरमा कराएर गुन्डालाई पिटिरहेको र हरेक फिल्ममा  उस्तै लाग्ने दर्जनौं  दृश्यहरु  अहिलेपनि नेपाली मानसपटलमा छन्   र दर्शकमाझ लोकप्रिय बन्यो उनको “हय……” को चर्को आवाज शैली।

यस्तो “भेलेन कुट्ने” फर्मुला हिन्दी सिनेमाको १९८० को दशकमा लोकप्रिय फर्मुला हो।अमिताभ वचन, मिथुन चक्रवती, बिनोद खन्ना यही फर्मुलामा निकै चले।  बम्बै माफिया र अन्डरवलडका कहानीहरुको त्यही फर्मुला नेपालमा १९९० पछि लागू भएको हो!

 वि.स.२०५०-६० सम्म त नेपाली  सिनेमा कथानक यति कमजोर भयो कि कुनै  पनि नयाँ फिल्ममा ” प्रेमिकालाई गुन्डाले जबर्जस्ती समात्ने र राजेश आएर बचाउने “  अवस्था रह्यो यस्तो “प्रेडिक्टेवल” सिनेमामा सिर्जनसीलता आएन र त्यसले सिनेमा कमजोर भयो, कला जीवित भएन र नेपाली फिल्म क्षेत्र “फ्लप”सावित भयो  

त्यो ट्रेन्डबाट नेपाली सिनेमा  मुक्त हुन २०६०को दशक कुर्न पर्यो। तथापि राजेश हमालको स्टारडम कायमै रह्यो, उनको  सौभाग्य के रह्यो भने उनी सिनेमामा उकालो चढ्दै गर्दा धेरै ठुला साना  सहर/ बजारका  घर -घरमा  टेलिभीजन आउन थालेको थियो , उनलाइ धेरैले टिभिमा हेरे! 

उनीभन्दा अगाडिका अभिनेता सिधै दर्शकको घरमा पस्न पाएनन् ।उनी त्यसमा भाग्यमानी ठहरिए।

 त्यसो भए नेपाली सिनेमामा राजेश हमाल ले सेट गरेको “टेन्ड”ले  सिनेमालाई सीर्जनसिल हुनबाट रोक्यो कि भनेर  टिप्पणी गर्न अवस्य सकिन्छ। दिपाले नेपाली सिने जगतको निरकुश चरित्र विरुद्ध निकै सशक्त अभिव्यक्ति दिइन, त्यो जरुरी थियो र छ पनि!

सायद राजेश हमालले २०५०को दशक सकिन लाग्दा अभिनयमा नयाँ स्वाद दिएको भए, कथानकमा सेल्फ सेन्सर गरेर फिल्म छनोट गरेको भए र सीर्जनसिलता  भित्र्याउन सकेका भर उनी महानायक हुनसक्थे , इतिहासमा त्यो अवसर चुक्यो ।

धेरै फिल्म खेलेर कोही  सुपरस्टार हुन पाउने भए हिन्दी सिनेमामा धेरै “कमेडियनहरु”  सुपरस्टार हुन्थे। त्यसैले त “प्रोड्युसर स्टार” हुनु र सुपरस्टार हुनु फरक कुरा हो।कतै हामीले भनिरहेका महानायक प्रोड्युसर स्टार त भएनन ! 

 राजेश हमाललाई नेपालमा कयौ दर्शकले महानायक मान्दछ्न्  त कयौंले  नायक, मेरो कर्णालीका दुर्गम जिल्लामा आजको सोसल मिडिया युगमा पनि उनलाई नचिन्ने र जुनीमा एकपटक पनि उनको नाम नसुनेका लाखौ जनता छ्न।जसले उनको एउटा सिनेमा पनि हेरेका छैनन ।

अर्थात नेपालमा जम्मा जनसंख्याको कति प्रतिसत मानिसको सिनेमामा पहुँच छ ? अर्थात यो उद्योगको रूपमा विकास किन हुन सकिरहेको छैन, अझ भनौं यसले नायिकाहरुलाई नायककै तहमा किन स्वीकार गर्दैन ? यसले ब्यवसायिक स्तर कहिले हासिल गर्दछ?नायक / नायिका अभिनय मात्रै गरेर कति जना बाच्न सक्ने हैसियतमा पुगेका छ्न ? 

 यस्ता प्रश्नहरु अनुत्तरित रहेको सिनेजगतमा कसरी हामी महानायक जन्माउन सक्छौ ? 

 महानायक केवल ” नेता होइन त्यो त राजनेता” हो ,नेपाली राजनीतिमा आज राजनेता खोज्न जत्तिकै मुस्किल छ नेपाली सिने जगतमा महानायक खोज्न /भेट्टाउन पनि त्यति नै गाह्रो  छ।

अर्थात  महानायक  सहमतिमा वा डर त्रासले वा सबैले भनेर भन्नै पर्ने , मान्नै पर्ने र दावी गर्ने पदवी  कदापि होइन।कसैले राजेश हमाललाई महानायक मान्दछ  त कसैले नमान्ने हक पनि राख्दछ्न। त्यसोभए दिपाश्रीले उठाएको प्रश्न निकै स्वभाविक र रचनात्मक देखिन्छ। पछिल्लो  दशकमा नेपाली सिनेमा क्रमशः सिर्जनात्मक धारतिर गएको  छ, अब “भेलेन” नकुटेर पनि कुनै अभिनेता  महानायकको मार्गमा अगाडि बढ्न सक्ने आशावादी पुस्ता आएको छ। उनीहरुलाई जोगाउनु र उत्साह थप्नु हाम्रो सामाजिक दायित्व हो। 

“स्टारडम” हुने क्षेत्र भएकोले यसले आलोचना पचाउन सक्नु पर्दछ ।आलोचना नसुन्ने र देवत्वकरण गर्ने भक्तजनहरु राजनीतिमा उल्लेख्य मात्रामा छ्न् , जसका कारण नेताहरु देवता हुन खोजिरहेछ्न्  कृपया नेपाली सिने जगत पनि भक्तजनबाट माथि उठनुपर्छ ।

सामाजिक संजालबाट साभार 

खबर एक्सप्रेस