आज:  | Thu, 22, Feb, 2024

साउन २१ गतेदेखि आन्तरिक हवाई उडान शुरु

२०७७, ५ श्रावण सोमबार २३:०७ मा प्रकाशित ( ३ साल अघि) १०३८६ पाठक संख्या

काठमाडौँ, साउन ५, आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुलाउने निर्णय गरेको छ । साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको छ। तर तत्काल विद्यालय, क्याम्पस भने नखोल्ने निर्णय भएको एक मन्त्रीले बताए ।

सार्वजनिक यातायात पनि खोल्ने र अहिलेसम्म जोर, बिजोर नम्बर लागुभएकोमा अब सबै यातायात सुचारु गर्ने विषयमा छलफल भएको ति मन्त्रीले बताए।

खबर एक्सप्रेस