आज:  | Sat, 20, Apr, 2024

आज राति १२ बजेबाट लकडाउन हटने

२०७७, ६ श्रावण मंगलवार १९:२६ मा प्रकाशित ( ३ साल अघि) २०३०६ पाठक संख्या

काठमाडौ, साउन ५ गते, नेपाल सरकारले आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी गराएको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए । तर सरकारले साउन महिनाभरिको अवस्था हेरेर थप भदौमा थप निर्णय लिने बताए ।

सरकारले भदौं १ गतेबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

खबर एक्सप्रेस