आज:  | Fri, 14, Aug, 2020

अभिनेता राजेश हमालका सहोदर भाइको निधन

२०७७, ७ श्रावण बुधबार १७:०७ मा प्रकाशित ( ३ हफ्ता अघि) ३५३५ पाठक संख्या

काठमाडौं । अभिनेता राजेश हमालका सहोदर भाइ राकेश हमालको निधन भएको छ। 

कलेजमा समस्या रहेका उनको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएको छ हमाल परिवारले श्रोतका अनुसार केही दिनअघि उपचारको लागि प्लेन चार्टर्ड गरी दिल्ली पुर्‍याइएको थियो ।

उनको श्रीमती र दुई छोराछोरी छन् । अभिनेता राजेशका एकमात्र रहेका भाइ राकेशको निधन भएसँगै हमाल परिवार शोकमा परेको छ । अहिले उनको शव नेपाल ल्याउने छलफल भइरहेको छ ।

 

खबर एक्सप्रेस