आज:  | Sat, 20, Apr, 2024

काठमाडौमा युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

२०७७, ९ श्रावण शुक्रबार ०८:०२ मा प्रकाशित ( ३ साल अघि) १७८२६ पाठक संख्या

काठमाडौँ, साउन ८ । बाफलमा एक युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ परेका छन् । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो।

निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

यता काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। एसिड प्रहार गर्ने दुई जना रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेकाे महाशाखाका एसएसपी दिपक थापाले जनाए ।

खबर एक्सप्रेस