आज:  | Thu, 25, Apr, 2024

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्ड अबरुद्ध : खुल्न अझै समय लाग्ने

२०७७, १० श्रावण शनिबार १५:४९ मा प्रकाशित ( ३ साल अघि) १२१५३ पाठक संख्या

तनहुँ १० साउन

अविरल बर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको घासीकुवा स्थित नाला नजिकै सडक भासिएपछि अबरुद्ध भएको थियो । ५ दिन देखि लगातार काम सुरु भएता पनि काम भने सम्पन्न नहुदा यात्रु मार्मा परेका छन । काम सम्पन्न हुन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्राफिक कन्ट्रोल गर्न र भिडभाड हुन नदिन ठाउँ ठाउँमा सवारी रोकेको छ । सामाजिक दुरि कायम होस भन्ने हिसाबले सवारीको चापलाई मिलाए ठाउँ ठाउँमा रोकिएको एक प्रहरीले जानकारी दिए ।

खबर एक्सप्रेस