आज:  | Sat, 13, Apr, 2024

पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा तीनको न्यायाधीशको बेन्च

२०७७, ११ श्रावण आईतवार १३:५४ मा प्रकाशित ( ३ साल अघि) १६९५८ पाठक संख्या

काठमाडौँ, साउन ११ गते । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीनको न्यायाधीशको बेन्च तोकिएको छ । 

याे मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । याे बेन्चले उक्त मुद्दामा प्रमाणहरूकाे अध्ययन गरी पुनरावलाेकन हुने-नहुने निस्सा दिने छ । पुनारावलाेकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ ।  यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।

 

खबर एक्सप्रेस