आज:  | Sat, 20, Apr, 2024

महाबौद्धका ५ ब्यापारीलाई कोरोना पुष्टि

२०७७, ११ श्रावण आईतवार २३:२४ मा प्रकाशित ( ३ साल अघि) १२१८४ पाठक संख्या

काठमाडौंको महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना पुष्टि भएको छ । उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना पुष्टि पछि ३ वटा पसल सिल गरिएको छ । लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलनसक्ने आशंका गरिएको छ ।

गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज मात्र काठमाडौंमा ८ जनालाईकोरोना संक्रमण देखिएको छ ।

खबर एक्सप्रेस