आज:  | Fri, 14, Aug, 2020

राप्रपा नेता सुनिल बहादुर थापा काँग्रेसमा प्रवेश गर्दै

२०७७, १३ श्रावण मंगलवार ००:१४ मा प्रकाशित ( २ हफ्ता अघि) १११७ पाठक संख्या

काठमाडौँ, साउन १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिल बहादुर थापा बिना शर्त मङ्गलबार नेपाली काँग्रेसमा प्रवेश गर्ने भएका छन्।

राप्रपासँग सैद्धान्तिक मतभेद भएको र यसका संस्थापक नेता सूर्यबहादुर थापाले अगाडि बढाएको सिद्धान्तलाई पनि छाडेकाले अब काँग्रेसमा प्रवेश गर्न लागेको जानकारी दिए । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज मङ्गलबार ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय गरिएको बताए। नेता थापासहितका ३० जना नेताहरूले केही दिनअघि राप्रपा त्याग गरेका थिए ।

खबर एक्सप्रेस