आज:  | Tue, 20, Feb, 2024

आज काठमाडौं उपत्यकामा ५३ जनालाई कोरोना

२०७७, १३ श्रावण मंगलवार २२:०६ मा प्रकाशित ( ३ साल अघि) ८४३३ पाठक संख्या

काठमाडौं उपत्यकामा आज मात्रै ५३ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन् । काठमाडौंको नक्सालस्थित प्रहरी प्रहरी प्रधान कार्यालयका २७ जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयका एकैपटक २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकोछ । ती सबै प्रधान कार्यालयको सवारी शाखामा कार्यरत चालक रहेको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ । उनीहरुमध्ये कतिपय उच्च प्रहरी अधिकारीका चालक समेत थिए । कोरोना संक्रमित भेटिएसँगै सवारी शाखा शिल गरिएको छ । बाँकी चालकसहित उनीहरुका सम्पर्कमा आएका व्यक्ति, सवारी मर्मत शाखाका प्राविधिक र भान्छेहरुलाई समेत क्वारेन्टिनमा राखिएको छ ।

उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तयारी गरिएको छ । सरकारले लकडाउन खुलासँगै कोरोना संक्रमितको दर तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

खबर एक्सप्रेस