आज:  | Mon, 15, Apr, 2024

स्वास्थ्यका प्रबक्ता नै निजी अस्पतालका सञ्चालक

२०७७, १४ श्रावण बुधबार ०६:५९ मा प्रकाशित ( ३ साल अघि) १३१४५ पाठक संख्या

काठमाडौं, साउन १३, स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निभाउन सकेको छैन। मन्त्रालयका पदाधिकारीहरु भने कमिसन खाने योजनामा मात्र सिमित रहेको कुरा दिनहु बाहिरिने गरेको छ । स्वास्थ्य मन्त्रालयकका सल्लाहार एव प्रबक्ता डा. खेम कार्कीदेखि अन्य पदाधिकारी र कर्मचारीहरु नै मेडिकल माफियाको प्रभावमा पर्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका धेरै कर्मचारीहरु निजी अस्पतालका सञ्चालक छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम समेत् निजी अस्पतालका सञ्चालक हुन । उनी काठमान्डौको चाबहिलस्थित ओम अस्पतालका सञ्चालक समेत् हुन् । भने चितवन मेडिकल कलेज लगायत अन्य अस्पतालमा पनि उनको धेरै शेयर रहेको छ । 

सरकार कै नीतिगत तह र स्वास्थ्य मन्त्रालयका पदाधिकारी  रहेका व्यक्तिहरु नै निजी अस्पतालको बोर्ड मै हुनुले गम्भिर प्रस्नहरु उब्जाएको छ । स्वास्थ्यका धेरै उच्च अधिकारीहरु निजी अस्पतालमा आबद्ध छन् । यही कारण पनि स्वास्थ्य क्षेत्र ब्यापक अनियमितता र स्वास्थ्य माफियाहरुको कब्जामा छ ।कोरोनापछी स्वास्थ्य  मन्त्रालयमा ब्यापक भ्रस्टचारको जालो फैलिएको छ ।

सरकारको नीतिगत तहमा रहेको व्यक्ति निजी अस्पतालको बोर्ड मै हुनुले गम्भिर प्रस्न उब्जाएको छ । स्वास्थ्यका धेरै उच्च अधिकारीहरु निजी अस्पतालमा आबद्ध छन् । यही कारणपनि स्वास्थ्य क्षेत्र ब्यापक माफियाहरुको कब्जामा छ, कोरोनापछी स्वास्थ्य  मन्त्रालयमा ब्यापक भ्रस्टचारको जालो फैलिएको छ ।

खबर एक्सप्रेस