आज:  | Sat, 20, Apr, 2024

बाँके जिल्ला तीनदिनसम्म निषेधाज्ञा जारी हुने

२०७७, १५ श्रावण बिहीबार २२:५६ मा प्रकाशित ( ३ साल अघि) २२४१४ पाठक संख्या

बाँके साउन १५। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्न लागेको हो ।

नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । 

खबर एक्सप्रेस