आज:  | Sat, 15, Aug, 2020

नेपाल एयरलाइन्सको यूएन शान्ति मिसनमा उडान

२०७७, १५ श्रावण बिहीबार २३:०६ मा प्रकाशित ( २ हफ्ता अघि) १०२४ पाठक संख्या

काठमाडौँ,  साउन १५, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना लिएको छ।

निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो । जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ । निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

आज अन्तर्राष्ट्रियतर्फ छ उडान भए । दक्षिण कोरियाबाट कोरियन एयरले काठमाडौँमा चार्टर्ड उडान भयो । भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एयरले उडान गर्‍यो। आजै हिमालय एयरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान गरेको छ।

खबर एक्सप्रेस