आज:  | Thu, 28, Mar, 2024

साँझ ७ बजेदेखि बिहान ७ सम्म काठमाडौँ प्रवेशमा यात्रु आवागमनमा पूर्ण रोक

२०७७, १५ श्रावण बिहीबार २३:४२ मा प्रकाशित ( ३ साल अघि) १६०५९ पाठक संख्या

काठमाडौँ, साउन १५, गृहमन्त्रालयले आजबाट लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ ।
रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोरदोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यकाबाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागमन पूर्णरुपमा राेक लगाउन भनिएकाे छ ।

खबर एक्सप्रेस