आज:  | Thu, 22, Feb, 2024

घुमुवा प्रहरीको कोठाबाट एककिलो सुन बरामद

२०७७, १७ श्रावण शनिबार २३:४७ मा प्रकाशित ( ३ साल अघि) १०९१३ पाठक संख्या

काठमाडौं, साउन १७ 

हालै काठमाडौमा सुन तस्कर समूहलाई भगाएको आरोप लागेका महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी प्रसन्न श्रेष्ठको कोठाबाट एक किलो सुन बरामद भएको छ । बागबजारबाट शुक्रबार एक किलो सुन बरामद भएको हो ।

गत मंगलबार भएको अप्रेसनमा सुन तस्करलाई भगाएको आरोप लागेको थियो । मिलेमतोको आशंकामा जवान श्रेष्ठ र अर्का जवान बहादुरसिंह कडायतलाई नियन्त्रणमा लिएर छानबिन गरीरहेको छ । कमजोर कमाण्डका कारण यस्तो घटना भएको भन्दै दरबारमार्ग वृत्तका डिएसपीलाई हटाइएको छ ।

सो घटनाका नाइके इल्ताफ अन्सारी भएको खुलेको छ तर उनी फरार छन् । हालसम्म सो गिरोहका पाँच जना पक्राउ परिसकेका छन् । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

खबर एक्सप्रेस