आज:  | Sat, 20, Apr, 2024

कोरोनाबाट शिक्षा प्रविधि मन्त्रीको निधन

२०७७, १८ श्रावण आईतवार १३:५३ मा प्रकाशित ( ३ साल अघि) १००४५ पाठक संख्या

काठमाडौं । भारतको उत्तरप्रदेश राज्य सरकारका शिक्षा प्रविधि मन्त्रीको कोरोना संक्रमणबाट निधन भएको छ ।

उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।उनको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्।

भारतमा कोरोना संक्रमणसँगै उत्तर प्रदेश पनि कोरोनाको हटस्पट बनेको बेला सक्रिय रुपमा लागिपरेकी कमला रानी बरुणलाई गत २७ जुलाइमा कोरोना संक्रमण देखिएपछि लखनउको पीजीआई अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सन् १९५८ मा जन्मनुभएका कमला रानी उत्तर प्रदेशको घाटमपुर, कानपुर नगरका बिधायक रहेकी थिईन् । एजेन्सी

खबर एक्सप्रेस