आज:  | Mon, 15, Apr, 2024

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारीसाधान हस्तान्तरण

२०७७, १८ श्रावण आईतवार १५:१९ मा प्रकाशित ( ३ साल अघि) ११००६ पाठक संख्या

गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि मोटरसाईकल दिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज एक समारोहका बिच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरे।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल उपलब्ध गराइएको हो ।

खबर एक्सप्रेस