आज:  | Tue, 20, Feb, 2024

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना

२०७७, १८ श्रावण आईतवार २३:४९ मा प्रकाशित ( ३ साल अघि) १४८१९ पाठक संख्या

काठमाडौँ, साउन १८, भारतका केन्द्रीय सरकारका शक्तीशाली गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ । उनले आज ट्वीट गर्दै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी गराएका छन ।

गृहमन्त्री शाहले चिकित्सकको सुझावमा आफू अस्पताल भर्ना हुन लागेको ट्वीटमा उल्लेख गरेका छन्। उनले भनेका छन् कोरोना सङ्क्रमणको प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको छ । आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सुझावमा अस्पताल भर्ना हुन लागेको बताएका छन्। 

ट्वीटमा उनले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेट भएर बस्न तथा कोभिड–१९ को परीक्षण गराउन आग्रह गरेका छन ।

खबर एक्सप्रेस