आज:  | Mon, 15, Apr, 2024

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

२०७७, १९ श्रावण सोमबार २०:३४ मा प्रकाशित ( ३ साल अघि) १४२३० पाठक संख्या

काठमाडौं, साउन १९, काठमाडौं उपत्यकामा आज ५१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लामा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । 

काठमाडौंमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको हो । 

त्यसैगरी, वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा दुईजना काठमाडौंका, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक, नेपाल प्रहरी अस्पतालमा दुई तथा स्टार अस्पताल, सानेपामा काठमाडौंका पाँच तथा ललितपुरका एक र बिरेन्द्र छाउनी अस्पतालमा काठमाडौंका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

खबर एक्सप्रेस