आज:  | Mon, 15, Apr, 2024

कोरोना संक्रमण बढेपछी प्रधानमन्त्रीले बोलाए विज्ञ

२०७७, २० श्रावण मंगलवार ११:२५ मा प्रकाशित ( ३ साल अघि) १००१४ पाठक संख्या

काठमाडौँ, साउन २० गते, पछील्लो समय कोरोना संक्रमण बढेसँगै नागरिकमा त्रास फैलिदो छ । यही बिच सरकारले बिभिन्न स्थानमा कोरोना नियन्त्रण गर्नका लागि प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्युसम्म लगाएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक छलफल गर्दै छन् ।

सरकारले गएको चैत ११ बाट लकडाउन गरी साउन ७ मा लकडाउनको अन्त्य गरेको थियो ।लकडाउन अन्त्य भएसँगै नागरिकहरुले सुरक्षामापदण्डको धज्जी उडाउदै आएका छन् । जसको कारण कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको छ। तर सरकारले भने यो कुरा स्वीकारेको छैन।

खबर एक्सप्रेस