आज:  | Fri, 29, Mar, 2024

कोरोनाबाट पर्सामा फेरी एकको मृत्यु

२०७७, २१ श्रावण बुधबार ०८:३३ मा प्रकाशित ( ३ साल अघि) १५७१८ पाठक संख्या

जनकपुर, कोरोना भाइरसका कारण पर्सामा फेरी १ जनाको मृत्यु भएको छ । योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। पर्साको पोखरीया नगरपालिका ८ घर भइ हाल  वडानम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।

सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाइ एम्बुलेन्स राखेर उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको थियो । 

खबर एक्सप्रेस