आज:  | Thu, 28, Mar, 2024

प्रेमगित३ का अभिनेता मनिषले नम्बर एक नायिका साम्राज्ञीसँग फिल्म गर्दै

२०७७, २४ श्रावण शनिबार १०:१३ मा प्रकाशित ( ३ साल अघि) ४३६१८ पाठक संख्या

प्रेमगित ३ का अभिनेता मनिष राउत क्लोथिङ्ग ब्रान्ड डक्टर डेनिमले निर्माण गर्ने नेपाली चलचित्रमा मुख्य अभिनेताको भूमिका निभाउदै छन्। 

 

हालै नायक मनिष राउत, नायिकाद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्मासँग निर्माण टिमले सम्झौता गरेको छ।

नेपाली फिल्मकी हालकी युवास्टार नम्बर एक अभिनेत्रीकी रुपमा परीचित साम्राज्ञी राज्य लक्ष्मी शाहसँग आना र मनिषलाई एकसाथ दर्शकले स्क्रिनमा हेर्न पाउने छन्। सिनेमाको घोषणालाई लिएर अहिले नै फिल्मी नगरीमा निकै चर्चा चलेको छ ।

चलचित्र कोरोनाको स्थिती सहज भएपछी फ्लोरमा जाने बताईएको छ । डक्टर डेनिमको प्रस्तुतीमा बन्ने चलचित्रको  निर्माता छत्र जंग पाण्डे र अनुप पौडेल हुन् । सह-निर्मातामा करन साउद रहेका छन् ।चलचित्रको निर्देशन प्रवेश पौडेलले गर्ने बुझिएको छ भने फिल्मको नाम फाइनल भएको छैन । आउने वर्ष रिलिज हुने चलचित्र पूर्ण प्रेमकथामा आधारित रहने डक्टर डेनिमका सिइओ निलुस गौतमले जानकारी दिएका छन् ।मनिष ‘डक्टर डेनिम’को ब्रान्ड एम्बेसडर समेत रहेका छन् । बाँकी टिम छिट्टै घोषणा हुने बताइएको छ ।

आसुसेन फिल्मसको निर्माणमा तयार भएको चलचित्र ‘प्रेम गीत ३’ दर्शकले अत्याधिक प्रतिक्षा गरेकोचलचित्र हो । मनिष अभिनीत चलचित्र ‘प्रेम गीत ३’ कोरोनाभाइरस महामारीको कारण रिलिज हुन पाएको छैन । 

खबर एक्सप्रेस