आज:  | Fri, 29, Mar, 2024

पत्रकार सुवेदी विरुद्ध उत्रिए कलाकार :पूजाले हालिन उजुरी

२०७७, २५ श्रावण आईतवार १७:३४ मा प्रकाशित ( ३ साल अघि) २२४१४ पाठक संख्या

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको ति अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्।


गएको बिहिबार पत्रकार सुवेदीले सार्वजनिक कार्यक्रममा आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भन्दै हेपाह तरिकाले भनेका थिए ।
उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजा शर्माले नाम नतोके पनि त्यो भनाई आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । हाल पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी हालेकी छन् ।


पत्रकार सुबेदी बिभिन्न बिबादित अन्तर्वाता लिएर भाईरल हुने अनी मिडियाको दुरुपयोग गरी उल्टो कलाकारलाई नै धम्की दिदै आएको भनी अहिले कलाकारहरुले उनको बिरोधमा सामाजिक संजालमा आक्रोस पोखेका छन् ।

खबर एक्सप्रेस