आज:  | Thu, 28, Mar, 2024

स्वास्थ्य मन्त्रालयका चार जनामा कोरोना पुष्टि

२०७७, २६ श्रावण सोमबार ००:०५ मा प्रकाशित ( ३ साल अघि) १६८६५ पाठक संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रबार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरीएको थियो ।

तीनीहरु मध्य ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार कोरोना संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।
हालका केहीदिनमा काठमान्डौ उपत्यकामा कोरोना संक्रमण बढदै गएको छ ।

खबर एक्सप्रेस