आज:  | Fri, 29, Mar, 2024

युट्युबरको अबैध बिचौलिया “समाजसेवा”

२०७७, २६ श्रावण सोमबार ११:०४ मा प्रकाशित ( ३ साल अघि) १६१२१ पाठक संख्या

नेपालमा पछिल्लो समय युट्युबलाई माध्यम बनाई पैसा उठाई बिचौलिया समाजसेवा गर्नेको लामो भिडछ । उनिहरुले पीडितका नाममा युट्युबमा भिडियो बनाई भाईरल गरी पैसा उठाइ आफुखुशी बितरण् गर्दै आएका छन् ।
यही बिच पछिल्लो समय नेपालका गाउँदेखि शहरसम्म चिनिएका युट्युबर हुन् भाग्य न्यौपाने ।

नेपालमा पचासौ बर्षदेखी पत्रकारिताका गरिरहेका बरिष्ठ पत्रकारलाई भन्दा एकाध वर्षदेखि युट्युबर बनीरहेका भाग्यलाई सम्भवत धेरैले चिन्दछन् । पेशाले युट्युबर भए पनि उनको छवि सामाजिक अभियन्ताको जस्तै छ । धेरै दुःख र पीडामा परेका मानिसहरु उनीसँग गुहार माग्न आउछन। ऊनले लिने अन्तरवार्ता र बनाउने भिडियोले कतिपयको भाग्य पनि बदलिएको छ ।

उनी पैसाको बिटो बोकेर पीडितहरुको घरमा पुग्छन् । त्यो बिटो पीडितलाई हस्तान्तरण गरेर भिडियो बनाउँछन् । यिनै भिडियो हेरेर उनलाई केहीले भगवान पनि मान्छन् । उनले ती पैसाको बिटो कसरी जम्मा गरेका हुन् भन्ने पनि कतिलाई थाहा हुँदैन । अहिले केहीदिन यतादेखी भाग्य न्यौपाने भन्ने मान्छे हेर्दा त धनीजस्तो देखिँदैन तर कहाँबाट यत्रो पैसा ल्याएर मान्छेहरुलाई पैसा बाँड्छन भन्ने प्रश्न जनमानसमा ब्यापक उठन थालेको छ । भाग्यले बाँड्ने पैसा आफ्नो नभएर अन्य सहयोगी दाताहरुको हो तर मान्छेले कसरी विश्वास गरेर त्यत्रो पैसा उनलाई पठाउँछन् त ? भन्ने पनि प्रश्न उठन थालेको छ ।

भाग्य न्यौपाने कै शैली अपनाएर समाजसेवा गरिरहेका अरु युट्युबरहरु पनि धेरै छन् । जस्तै: कलाकारिता गरीरहेका शिशिर भन्डारी, इन्द्रेणी दोहोरी साँझ चलाउने कृष्ण कँडेल पनि यस्तै गरेर पैसा उठाएर पीडितलाई बाँड्न र भिडियो बनाउने काममा अभ्यस्त छन् । कँडेलले लकडाउनको बेला बानेश्वरमा मानिसहरुलाई लाइन लगाएर पैसा बाँडेको दृष्य निकै हेर्न लाएक थियो । लकडाउनका कारण खानलाउन समस्या परेकाहरुलाई भनेर देशविदेशबाट नेपालीहरुले पठाएको पैसा उनले आफ्नो व्यक्तिगत हिसाबले आफ्नो तजविजमा भिखारीलाई दिएजसरी बाँडेका थिए र पैसा पाउनेको भिडियो बनाइ ससारलाई देखाएर उनिलाई लज्जित बनाएका थिए। त्यो पैसाको हिसाबकिताब के हो, सहयोगदाताको चाहना अनुसार पीडितसम्म पैसा पुग्यो वा पुगेन कती पुग्यो भन्ने प्रश्न कसैले उठाउने गरेको छैन ।

यस्ता कार्यहरु खुलमखुल्ला विचौलिया शैलीमा ‘समाजसेवा’ गरिरहेका युट्युबर अरु पनि धेरै छन् । यस्ता कार्यबाट कतिपय वास्तविक पीडितहरु लाभान्वित बनेका त छन् होला तर यसकिसिमका कार्य अबैध भएको राजस्व बिभागका कर्मचारी बताउछन् । यस्ता गतीबिधी गर्ने युट्युबरको समाजसेवा एकदमै स्वच्छ र पारदर्शी हुनेमा विश्वास गर्न नसकिने जनमानसको गुनासो आउने गरेको छ। उनीहरु भन्छन् कुनै न कुनै किसिमले सरकारले यस्तो कार्यको नियमन गरी कडाई गर्नुपर्न आवश्यकता रहेको छ।

आफुखुशी मनोमानी ढंगले पैसा उठाइ आफुखुशी, मनोमानी ढंगले पिडीतको भिडियो बनाई संसारभर फैलाई बिचौलिया बनी पैसा उठाई पीडित ब्यक्तीको मानवअधिकार हनन गरिने कार्य रोक्नुपर्ने मानवअधिकारकर्मी बताउछन् ।

खबर एक्सप्रेस