आज:  | Thu, 18, Apr, 2024

आसुशेनको नयाँ फिल्म ‘हु.तु.तु.’मा हरिवंशदेखी प्रदीप र पलदेखि नाजिरसम्म

२०७७, २६ श्रावण सोमबार १३:१७ मा प्रकाशित ( ३ साल अघि) ४५१९९ पाठक संख्या

आसुशेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको प्रेमगित३ चलचित्र विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण फिल्म ‘प्रेमगीत–३’को रिलिज स्थगित भएको छ । यही टिमले ‘हु.तु.तु’ फिल्मको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ ।

फिल्ममा बरिस्ठ कलाकार हरीबंस आचार्य, प्रदिप खड्का, पल  शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल, मावत्से गुरुंग लगाएत कलाकारसँग सम्झौता गरी सकेको छ पहिलो पटक बरिस्ठ कलाकार हरीबंश आचार्य सहित् ठुलो टिमसँग आसुशेन फिल्म प्रोडक्सले सहकार्य गर्दैछ । सन्तोष सेनले भने फिल्ममा नाम चलेका कलाकारहरुसँग काम गर्न हामी आतुरछौ भन्दै खुशी ब्यक्त गरे। टिमले बाँकी कलाकार सहित् नायिकासँग छिट्टै सम्झौता गर्ने तयारीमा रहेको छ । अहिले फिल्मको कथालाई लामो समय लगाएर बिभिन्न चरणमा वर्कआउट गरीरहेको बुझिएको छ । फिल्मको नाम ‘हु.तु.तु’ रहने निर्माण पक्षले जनाएको छ ।

छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गर्ने चलचित्र आसुसेन फिल्म प्रोडक्सनको छैठौ प्रस्तुती रहने छ । यो फिल्म कमेडीजनरामा बन्ने बुझिएको छ । चलचित्रको कार्यकारी निर्माताको रुपमा चक्र बहादुर चन्द रहने छन् ।

कोभिड१९ को महामारीबाट जनजिवन सामान्य भएसँगै ‘प्रेमगीत–३’को रिलिजको तयारीमा रहेको टिमले लकडाउनलाई सदुपयोग गर्दै नयाँ प्रोजेक्टको तयारीमा लागेको निर्माता सन्तोष सेनले बताए । उनले भने अब आसुसेन फिल्म प्रोडक्सनले लभस्टोरीसँगै भिन्न किसिमको कमेडीजनरामा पनि निरन्तर फिल्म निर्माण गर्ने जानकारी दिए । तत्काल फिल्मको स्टोरीलाई उत्कृष्ट बनाउनको लागि अझै मेहनत गरी दर्शकलाई भिन्न किसिमको सिनेमा दिन लागि परेको बताए ।

कोरोनाको हालको अवस्था सामान्य भएसँगै प्रेमगित३ को रिलिजपुर्ब नै नयाँ सिनेमा छायांकनमा जाने बताईएको छ । अहिले फिल्मको कथालाई उत्कृष्ट बनाउन लेखकको लागि ठुलो टिम सहित् निर्देशक छेतेन गुरुङ र सन्तोष सेन र अभिनेता प्रदिप खड्का पोखरा गुप्तबासमा रहेको बुझीएको छ ।

खबर एक्सप्रेस