आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी कोरोना अपडेट : साउन २६ गते

२०७७, २६ श्रावण सोमबार २०:२१ मा प्रकाशित ( ३ साल अघि) ११८४३ पाठक संख्या

काठमाडौं, साउन २६, नेपालमा कोरोना भाईरसको सङ्क्रण पछिल्लो चरणमा ३३८जनामा सङ्क्रण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित ६,७३८ जना पुगेको छ।

नेपालमा आज सम्मको डाटा : पिसिआर परिक्षण गरेको ४५२,२३६ जना, आरडिटि परिक्षण ३१२,४०२ जना, क्वारेन्टिनमा १०,७५९ जना, आईसोलेशनमा ६,७३८ जना, स्वास्थ्यलाभ गरी घर फर्केको १६,४९३ जना ७९ जनाको मृत्यु भएको छ ।

आज काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् ।

नेपालमा डिस्चार्ज हुनेको प्रतिशत ७०.७ पुगेको छ।

विश्वब्यापी आज सम्मको विवरण : परीक्षण भएको संख्या ३७०,८५८,३२३ जना, संक्रमण पुष्टि भएको संख्या २०,१०७,२९३जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १३,१८९,९७९ जना, बाँकी संक्रमित संख्या ६,१८१,३८१ जना र ७३५,९३३ जनाको मृत्यु भएकोछ । 

विश्वब्यापी डिस्चार्ज हुनेको प्रतिशत ६५.६ पुगेको छ।

खबर एक्सप्रेस