आज:  | Fri, 19, Apr, 2024

बोतलको प्रशोधित पानीको मुल्य १६ रुपैयाँ निर्धारण

२०७७, २७ श्रावण मंगलवार १३:१२ मा प्रकाशित ( ३ साल अघि) २०५२३ पाठक संख्या

काठमाडौं, साउन २७, बोतलको प्रशोधित पानीको मूल्यमा परिबर्तन भएको छ । अबको मुल्य १६ रुपैयाँ निर्धारण भएको छ। अहिले प्रशोधित बोतलको पानीको खुद्रा मुल्य २० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे जिल्ला भरी जिल्लामा उत्पादन हुने बोतलको पानीको न्युनतम समर्थन मूल्य तोकेको हाे । गत असार २५ गते विभागद्वारा गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो । प्रशोधित पानी १ लिटरको बोटल प्रतिकार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम भएको छ।

बोटल वाटर उद्योग संघ केन्द्रीय कार्यसमितिको बैठकले युवा व्यवसायी सन्नी केसीको संयोजकत्वमा मूल्य समायोजन उपसमिति गठन गरेको थियो । केसीको नेतृत्वमा बजारको अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पुरा गरेको थियो । 

सोही प्रतिबेदनको आधारमा विभागले नयाँ मुल्य तोकेको थियो । नयाँ मूल्य भदौबाट लागू हुने युवा व्यवसायी सन्नी केसीले जानकारी दिए।

खबर एक्सप्रेस