आज:  | Fri, 19, Apr, 2024

रुसले बनायो कोरोना विरुद्धको पहिलो खोप

२०७७, २७ श्रावण मंगलवार १७:१८ मा प्रकाशित ( ३ साल अघि) २०३६८ पाठक संख्या

एजेन्सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्धको पहिलो खोप बनाएको घोषणा गरेका छन् ।

उनले भनेका छन् रुसले मानिसमा परीक्षण शुरु भएको दुई महिनाभित्रै खोप बनाएर सम्बन्धित निकाएबाट स्वीकृति पाएको बताएका छन्। गमालेया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको खोपलाई रुसले कोरोनाविरुद्धको खोपको रुपमा मान्यता दिएको हो । भने खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि सूचीकृत पनि गरिसकेको छ । 

अब रुसले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप अभियान शुरु गर्न बाटो खुलेको बताएको छ ।

अहिले कोरोना भाइरसविरुद्धको खोप विश्वभरका विभिन्न कम्पनीहरुले निर्माण गरिरहेका छन् तर अहिलेसम्म कुनै पनि कम्पनीले खोपको अनुमति भने पाएका छैनन् ।

खबर एक्सप्रेस