आज:  | Sat, 20, Apr, 2024

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतलाई अदालतले कामकाजमा रोक लगायो

२०७७, २७ श्रावण मंगलवार १७:५१ मा प्रकाशित ( ३ साल अघि) ९२३९ पाठक संख्या

काठमाडौ, साउन २७ गते, सरकारले भर्खरै नियुक्त गरेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई कामकाज नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले तत्कालको लागि काम नगर्न आदेश दिएको उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए ।

साथै अदालतले अन्तरिम आदेशको निरन्तरताको सम्बन्धमा छलफल गर्न दुबै पक्षलाई साउन ३२ गतेको लागि बोलाएको छ । अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आदेश दिएको हो ।

खबर एक्सप्रेस