आज:  | Thu, 01, Oct, 2020

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था गम्भिर

२०७७, २७ श्रावण मंगलवार २०:५२ मा प्रकाशित ( १ महिना अघि) १७६८ पाठक संख्या

काठमाडौँ, साउन २७, भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था गम्भिर भएपछी भेन्टिलेटरमा राखिएको छ । इन्डियन एक्सप्रेस अनलाइनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित मुखर्जीको स्वास्थ्य अवस्था जटिल देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । 

भारतको राजधानी नयाँ दिल्लीस्थित सेनाको ‘रिसर्च एण्ड रेफरल’ अस्पतालमा सोमबार भर्ना भएका मुखर्जीको मस्तिष्कको शल्यक्रिया समेत गरिएको छ । मस्तिष्कमा रगत जमेकोले सङ्क्रमण सक्रिय रहेकै अवस्थामा शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ । उनको जीवनरक्षाको लागि शल्यक्रिया गर्न आवश्यक भएकोले शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ । उनी भारतको १३औँ राष्ट्रपतिको रुपमा सन् २०१२ देखि २०१७ सम्म पाँच वर्षे कार्यकाल सम्हालेका थिए ।

खबर एक्सप्रेस