आज:  | Fri, 19, Apr, 2024

आज सुनको मूल्य छ हजार दुई सयले घट्यो

२०७७, २८ श्रावण बुधबार १२:५१ मा प्रकाशित ( ३ साल अघि) १०४७९ पाठक संख्या

काठमाडौँ, साउन २८, नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला छ हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।

खबर एक्सप्रेस