आज:  | Thu, 01, Oct, 2020

काठमान्डौका अधिकास फलफुल तरकारी बजारमा कोरोना

२०७७, २९ श्रावण बिहीबार २३:०३ मा प्रकाशित ( १ महिना अघि) ९९३ पाठक संख्या

काठमान्डौ महानगरपालिका वडा नम्बर १४ को कुलेश्वरमा रहेको फलफुल व्यवसायीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । वडाका ३० जनालाई कोरोना पुष्टि भएको र त्यसमा केही फलफुल व्यवसायी रहेको वडा अध्यक्ष शोभा सापकोटाले जनकारी दिईन ।

उनका अनुसार बुधबार  र बिहीबार गरि ३० जनालाई कोरोना पुष्टि भएको हो । यसरी दिनदिनै कोरोना संक्रमित थपिदै गएपछि कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरु गरिएको सापकोटाले बताईन । साथै फुटपाथका व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको र बार लगाई बाटो र गल्लीहरू बन्द गर्न थालेको उनले बताईन ।”

दिनदिनै संक्रमण बढ्यो,हामीले टोल–टोलमा माइकिङ गरि घरमा नै बस्न आग्रह गरिरहेको र संक्रमण देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको छ । “बल्खु, लाम्पाटी,कुलेश्वर लगायतका क्षेत्रमा संक्रमण देखिएको छ । 

खबर एक्सप्रेस