आज:  | Tue, 20, Feb, 2024

अयोध्यामा भारतीय प्रधानमन्त्रीसँगै राममन्दिरको भूमिपूजा सहभागि गोपालदासमा कोरोना पुष्टि

२०७७, ३० श्रावण शुक्रबार ०९:५८ मा प्रकाशित ( ३ साल अघि) ९९२१ पाठक संख्या

अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राममन्दिरको भूमि पूजा गरेका गोपालदासमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। अयोध्यामा गत बुधबार (अगष्ट ५) मा राममन्दिरको भूमि पुजा गरिएको थियो। त्यो पूजामा प्रधानमन्त्री मोदी र गोपालदास एउटै मञ्चमा सहभागी भएका थिए । मञ्चमा गोपालदाससँगै मोदी, उत्तर प्रदेशका मुख्य मन्त्री योगीनाथ आदित्यनाथ, उत्तर प्रदेशकका गभर्नर अनन्दिबेन पटेल र राष्ट्रिय स्वंयसेवक संघका अध्यक्ष मोहन भागवत बसेका थिए । गोपाल दासलाई कहिले कोरोना संक्रमण भएको हो भन्ने खुलेको छैन ।भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार गोपालदास, प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथको बीचमा मास्क नलगाई बसेका देखिएको थियो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महन्त गोपालदासको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******  Nepal India Border Dispute

खबर एक्सप्रेस