आज:  | Fri, 19, Apr, 2024

कलाकार कृष्ण मल्लद्वारा निर्देशित ‘श्रीमती जिन्दावाद’ यूट्यूब मार्फत प्रसारण हुदै

२०७७, ३० श्रावण शुक्रबार १६:४० मा प्रकाशित ( ३ साल अघि) १६२१४ पाठक संख्या

काठमाडौँ, साउन ३०, कलाकार कृष्ण मल्लद्वारा निर्देशित ‘श्रीमती जिन्दावाद’ यूट्यूब मार्फत प्रसारण हुन लागेको छ ।

१३ बर्ष अघी नेपाल टेलिभिजनबाट प्रसारण भएको हांस्य सिरियल ‘श्रीमती जिन्दावाद’ यूट्यूब मार्फत प्रसारण हुने भएको छ । यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । भने दर्शकहरू माँझ राम्रो छाप छोडन सफल भएको थियो । 

टेलिफिल्मलाई दर्शकहरूको चाहना बमोजिम यूट्यूब मार्फत प्रसारण गर्न लागिएको जानकारी निर्देशक एबं कलाकार कृष्ण मल्लले दिए । सिरियल ग्लोबल अरेन्ज नामक युट्युब च्यानलमा प्रशारण हुन लागेको छ । 

प्रत्येक शुक्रवार ५ वजे ‘श्रीमती जिन्दावाद’ यूट्यूबमा मार्फत प्रसारण हुनेछ । कृष्ण मल्लद्वारा निर्देशित यस टेलिफिल्ममा कृष्ण मल्लका साथमा शर्मिला मल्ल,रमेश बुढाथाेकी,सुभाष गजुरेल,नारायण त्रिपाठी,स्व.भिम बहादुर थापा,निला बस्नेत,रवि डङ्गाेल,उतम के सी, पल्लवी भट्ट लगायतका कलाकारहरुको अभिनय हेर्न पाइने छ।

खबर एक्सप्रेस