आज:  | Thu, 22, Feb, 2024

नायिका पुजा शर्माको समर्थनमा चलचित्र उद्योगका ७ वटा पेशाकर्मी संस्थाहरुले जनाए एक्यवद्धता

२०७७, ३० श्रावण शुक्रबार २३:०३ मा प्रकाशित ( ३ साल अघि) २९१४१ पाठक संख्या

केही कलाकारको अन्तर्वातालाई लिएर हालैका दिनमा पत्रकार र कलाकार अनी कलाकार, कलाकार विरुद्धको अभिब्यक्तिलाई लिएर समग्र चलचित्र क्षेत्रमा नकारात्मक असर परेको भनी चलचित्र कलाकार संघ लगाएत चलचित्र उद्योगका ७ वटा पेशाकर्मी संस्थाहरुले प्रेस विज्ञप्ती जारी गरेका छन् । 

प्रेस विज्ञप्ती

केही दिन अगाडी ए.पी वन टेलभिजन मार्फत प्रशारण भएको रजतपट कार्यक्रममा नेपाली चलचित्रका नायिकाहरुलाइ लक्षित गरेर अमर्यादित , अभद्र , अशिस्ट र तुच्छ टिप्पणी आएको सन्र्दभमा चलचित्र उद्योगसंग सम्वन्धित पेशागत संघ संस्थाहरुको गम्भिर ध्यानाआकर्षण भएको छ ।

अभिब्यक्ति र स्वतन्त्रताको नाममा कसैको मान मर्दन गर्नु , शारिरीक बनावटको अशिष्ट आक्षेप लगाउनु , ब्यक्तिगत चरित्र हत्या गर्नु , कसैको पनि अधिकार छैन यस किसिमको हर्कत निन्दनिय मात्र होइन अक्षम्य पनि हुने हाम्रो ठम्याई छ । राट्रिय संचार माध्यम मार्फत अशिष्ट अभिब्यक्तीद्घारा नायिकाहरुको चरित्र हत्या गरि जनसमुदायमा भ्रम पैदा गर्नु र गलत सुचना संम्प्रेशण गर्नु संचार माध्यमको धर्म होइन, यस प्रकार अभिब्यक्ति वा समाचार सम्प्रेषणले पत्रकारिताको मात्र होइन मानवताको पनि धज्जी उडाएको छ ।

यसै सन्दर्भमा ए.पी वन टेलिभिजनको रजतपट कार्यक्रममा प्रशारण भएको सामाग्री संन्दर्भलाई लिएर नायिका पुजा शर्माले नेपाल चलचित्र कलाकार संघ लगायत विभिन्न सरकारी गैर सरकारी निकायमा छानविन र कारवाहीको माग गरि निवेदन दिनु भएकाले नायिका पुजा शर्माको निवेदन प्रति चलचित्र उद्योगका ७ वटा पेशाकर्मी संस्थाहरुले एक्यवद्धता जनाउदै नेपाल चलचित्र कलाकार संघको अगुवाइमा यो प्रवृत्तिको विरुद्ध लड्ने मिति २०७७।०४।२७ गते निर्णय गरेको पनि यहि बक्तब्य मार्फत जानकारी गराउदछौ। चलचित्रका पेशाकर्मी र संचारकर्मी वीच घनिष्ट सम्वन्घ रहेको छ । यो सम्वन्धमा कहि पनि आँच आउनु हुदैन । कुनै पनि समस्याको समाधान वार्ता द्घारा गरिनु पर्दछ भन्ने हाम्रो मान्यता रहेकोछ ।चलचित्र क्षेत्रमा कार्यरत पेशाकर्मी माथि यस प्रकारको अनरर्गल , अशिष्ट, तुच्छ एवं अमानवीय र चरित्र हत्या हुने अभिब्यक्ति केही महिना यतावाट विशेष गरेर केही संचार माध्यममा देखिनु र प्रशारणहुनु निन्दनिय रहेको छ । यो प्रवृत्तिको रुपमा विकाश भएको पाईएकोले यस्ता प्रवृत्तिलाई निरुत्साहित गराउन र यस्ता प्रवृत्तिको शुत्रधारहरुलाई कानुनी कार्वाहिको दायरामा ल्याई दण्ड सजाय नदिईकन प्रवृत्तिको मुल नष्ट नहुने हाम्रो ठम्याई छ। चलचित्र , चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाइ तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य कृयाकलाप गर्ने प्रवृत्तिलाइ निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीहरुले रजतपट र ग्लामर गफ कार्यक्रममा प्रस्तुत विषयवाट उब्जिएको बिबाद वार्ता वा कानुन मार्फत नसुल्झिए सम्म कुनै पनि सहभागिता नजनाउनु हुन संम्पुर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौ । साथै आफ्नो पेशागत आचार संहिताको पालना गर्नहुन पनि आव्हान गर्दछौ । यो 

(२)प्रवृत्तिको रोकथामका लागी प्रवृत्तिका सुत्रधारहरुलाई कानुनी दायरामा ल्याउन हामी पछि नपर्ने पनि यहि वक्तब्य मार्फत जानकारी गराउन चाहन्छौ ।                                                          

                            २९ श्र्रावण २०७७

खबर एक्सप्रेस