आज:  | Thu, 18, Apr, 2024

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरे

२०७७, ३१ श्रावण शनिबार १५:३० मा प्रकाशित ( ३ साल अघि) १०६९६ पाठक संख्या

काठमाडौँ, साउन ३१, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज टेलिफोन संवाद गरेका छन्। भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार दुई प्रधानमन्त्रीबीच दिउँसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा अरु के विषयमा कुरा भए विस्तृत जानकारी परराष्ट्रले जानकारी गर्ने थापाले जानकारी गराए। 

खबर एक्सप्रेस