आज:  | Sun, 18, Feb, 2024

आयुर्वेदिक औषधिले सात दिनमै निको भए ३३ जना कोरोना सङ्क्रमित

२०७७, ३१ श्रावण शनिबार २२:५९ मा प्रकाशित ( ३ साल अघि) ८७७४ पाठक संख्या

काठमाडौँ, साउन ३१ कोरोनाको महामारीसँगै विश्वभर औषधि र खोप बन्दै गरेको समाचार बाहिरिएको छ । नेपालमा भने आयुर्वेद औषधिबाट कोरोना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएका छन् ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशीले भने आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग भएकोले कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई बिरामी निको भएको बताए ।

ऊनले भने कोरोना सङ्क्रमित भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सकको टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए ।

कोरोना पुष्टि भएकी भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरको आयुर्वेद अनुसन्धान अस्पतालमा भई चिकित्सकहरूको सल्लाहबाट आयुर्वेदिक औषधि सेवन गरकोले आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँइन । दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताइन । आफु ठीक भएर आफ्नो नर्सको ड्युटी जान थालेको भनिन।
यो समाचार आजको गोरखापत्रमा प्रकाशन भएको छ ।

खबर एक्सप्रेस