आज:  | Tue, 29, Sep, 2020

यूवा साहित्यकार सिर्जु शाहीको समयसान्दर्भिक गजल

२०७७, ३२ श्रावण आईतवार १०:२४ मा प्रकाशित ( १ महिना अघि) ४४६५ पाठक संख्या
यूवा साहित्यकार सिर्जु शाही
#गजल

मुटुमै राखेँ तिमीलाई ,सन्सार सम्झेर

कैयौं वसन्त बिताए ,इन्तजार सम्झेर

आएर सम्हालीदेउ, न मलाई छिट्टै
छोडिदिए सबैले तिम्रो,उपहार सम्झेर…

भोक,रोग र शोकले, डुब्यो मेरो कर्णाली
ए सरकार केही गर,बालुवाटार सम्झेर

चिच्याएर कराउदै, थियो कर्णाली न्युज
हेरेनन् मन्त्रीले पुरानै,समाचार सम्झेर

मुटुमा याद राखेर, कोरिरहे प्रेमपत्र
अन्त्यमा धन्यवाद भने, आभार सम्झेर!!

#सिर्जुशाही

खबर एक्सप्रेस