आज:  | Tue, 29, Sep, 2020

फिफाको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा

२०७७, ३२ श्रावण आईतवार ११:२६ मा प्रकाशित ( १ महिना अघि) १६१३ पाठक संख्या

काठमाडौँ, साउन ३२, विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारणले वरियतामा कुनै फेरबदल भएको छैन। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।

खबर एक्सप्रेस