आज:  | Sat, 20, Apr, 2024

एसईई परीक्षाको नतिजा सार्वजनिक

२०७७, १ भाद्र सोमबार १९:३० मा प्रकाशित ( ३ साल अघि) १७३६१ पाठक संख्या

काठमाडौँ, भदौ १ गते । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रमाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ ।

नतिजा हेर्ने तरिका 

खबर एक्सप्रेस