आज:  | Tue, 20, Feb, 2024

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२०७७, २ भाद्र मंगलवार २१:५० मा प्रकाशित ( ३ साल अघि) ७४४१ पाठक संख्या

काठमाडौँ, भदाै २ गते, राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको ५:५५ बजे निधन भएको हो । उनलाई श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो ।

दिवंगत घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएका हुन। उनले बनारसमा दर्शनमा शास्त्रीसम्मको अध्ययन पूरा गरेर शिक्षण क्षेत्रमा प्राध्यापन गरेका थिए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कुलपति समेत बनेका थिए।

खबर एक्सप्रेस