आज:  | Thu, 22, Feb, 2024

उपत्यकामा भोली राती १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी

२०७७, २ भाद्र मंगलवार २३:२३ मा प्रकाशित ( ३ साल अघि) १०५४१ पाठक संख्या

काठमाडौँ, भदौ २ गते, काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारी सम्लीत मंगलवार साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताए। निषेधाज्ञा बुधवार रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने जनाइएको छ । खाद्यन्न किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुकाको लागि निश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसँग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ । 

गत वर्ष चैत ११ गतेबाट शुरु भएको बन्दाबन्दी साउन ७ गतेबाट हटाइएको थियो । बन्दाबन्दी हटेसंगै मुलुकभर नै कोरोना संक्रमितको संख्या दैनिक एकहजारभन्दा बढी पुग्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

 

खबर एक्सप्रेस