आज:  | Fri, 16, Feb, 2024

ट्राफिक प्रहरीले हामीलाई बाटोमा अपराधी, चोर जस्तो व्यवहार गर्‍यो : बैंकर्स संघ

२०७७, ४ भाद्र बिहीबार १६:१० मा प्रकाशित ( ३ साल अघि) ११३१६ पाठक संख्या

काठमाडौं, भाद्र ४ । कर्मचारीलाई ट्राफिक प्रहरीले दुःख दिएको भन्दैं बैंकर्स संघले उपत्यकाका सबै बैंकका शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष भुवन दाहालले ट्राफिक प्रहरीले बैंकका कर्मचारीहरुलाई बाटैमा रोकेर दुःख दिएकाले बिहिबार उपत्यकामा कुनै पनि बैंकका शाखा नखोल्ने निर्णय गरिएको बताए ।

उनले भने हाम्रा कर्मचारीलाई बाटोमा अपराधी, चोर जस्तो व्यवहार गरेकोले हामीले बिहिबारका लागि कुनै पनि शाखा नखोल्ने निर्णय गरेको जानकारी दिए। 

खबर एक्सप्रेस